
काठमाडौं। सरकारले निजि क्षेत्रकाे दूरसञ्चार सेवा प्रदायक कंपनी एनसेललाई सहायक कंपनी खाेली विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्ने अनुमति दिएकाे छ ।
नेपाल टेलिकमसँगै एनसेललाई पनि सहायक कम्पनी खोलेर भुक्तानी सेवा सञ्चालन गर्न स्वीकृति दिएको हाे । सरकारी स्वामित्वको टेलिकम कम्पनीपछि निजीक्षेत्रको एनसेललाई सरकारले विद्युतीय भुक्तानी सेवा सञ्चालनको अनुमति दिएको याे पहिलाे हाे ।
नेपाल सरकारका अर्थमन्त्री माननीय विष्णु पौडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/७८ मा दूरसञ्चार सेवा प्रदायक एनसेललाई पनि मोबाइल वित्तीय सेवा र मोबाइल भुक्तानी प्रदायकको रुपमा सहायक कम्पनी खोलेर सञ्चालन गर्न स्वीकृति दिएको उल्लेख गरिएको छ।
यसअघी नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले नेपाल राष्ट्र बैंकबाट चैतकाे पहिलो साता सञ्चालन अनुमति पाएको थियो। कम्पनीले नमस्ते पेको नामबाट सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ। नेपाल राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रहेकाे छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



