सुनचाँदीको मूल्य बढ्यो

-



     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ जेठ । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ ।

आइतबार सुन तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार भने दुई सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १९ सय डलर नाघेको छ । अन्तर्राष्ट्रिय मुल्य अनुसार नेपालमा सुनको मुल्य निर्धारण हुन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपनि डलर कमजोर भएकाले नेपालमा थोरै मात्र भाउ बढेको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँ बढेर तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।