
काठमाडौं, १६ जेठ । सरकारले जग्गा दर्ता र नामसारीकाे काम घरमै बसेर गर्न सक्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।
शनिबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सेवाग्राहीले अनलाइनबाटै जग्गा दर्ता, नामसारीलगायत जग्गा प्रशासनसँग सम्बन्धित कार्य गर्न सक्ने घोषणा गरेका हुन् ।
पौडेलले मालपोत कार्यालयका सम्पूर्णा कामलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरेर जग्गा प्रशासनको काम प्रविधिको प्रयोग गरेर घरबाटै गर्न सक्ने व्यवस्था मिलाएको बताए ।
‘जग्गा सम्बन्धी सबै अभिलेखको डिजिटल प्रति भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीबाट उपलब्ध गराइनेछ । सबै मालपोत कार्यालयमा विद्युतीय प्रणालीमा आधारित जग्गा प्रशासन सम्बन्धि सेवा विस्तार गरी सेवाग्राहीले घरबाट नै जग्गा दर्ता, नामसारीलगायत जग्गा प्रशासनसँग सम्बन्धित कार्य गर्न सक्ने व्यवस्था मिलाइएको छ ।’
सँगै सरकारले आगामी आर्थिक वर्षभित्र कित्ता, नापी नक्सा, फिल्ड बुक र प्लट रजिष्टरसँग सम्बन्धित सेवा घराबाटै गर्ने व्यवस्था मिलाएका हुन् । त्यसका लागि सरकारले मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयन गर्ने भएको छ । सरकारले विभिन्न जिल्लाका ४० कार्यालयमा भू-सूचना प्रणाली विस्तार गर्ने भएको छ ।
‘आगामी आर्थिक वर्षभित्र कित्ता नापी नक्सा, फिल्ड बुक र प्लट रजिष्टर सम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने छ’, अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्दै भने, ‘विभिन्न जिल्लाका ४० कार्यालयमा भू-सूचना प्रणाली विस्तार गरिने छ ।’







पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



