फेरी बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ जेठ । सोमबार पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुनमा प्रतितोला २०० तथा चाँदीमा ५ रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य रुपैयाँ २०० ले बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा बारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा सामान्य ५ रुपैयाँ बृद्धि भई १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।