उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म थपियाे, किराना पसल र डिपार्टमेन्टल स्टोर खुल्ने

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडाैं,१९ जेठ । काठमाडाैं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएकाे छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले जेठ २१ देखी ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे ।

 याे पटककाे निषेधाज्ञामा किराना पसल , खाद्यान्नका डिपार्टमेन्टल स्टोर, फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन । साथै निर्माणका काम पनि खुला गरिएको छ। तर, निर्माण सामग्री राति मात्र सप्लाइ गर्नुपर्नेछ।  

वैशाख १६ देखि शुरू भएकाे निषेधाज्ञालाई प्रशासनले गत जेठ १४ बाट थप कडा पारेको थियो। १४ गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका स्टोर यसपटक बिहान ९ बजे सम्म खोल्न दिने निर्णय भएकाे बताइएकाे छ । 

सबै सार्वजनिक यातायात पहिलेजस्तै बन्द रहनेछन । सरकारी, निजी तथा अत्यावश्यक निकायका लागि सम्बन्धित कार्यालयको परिचयपत्र चाहिनेछ। व्यक्तिगत रुपमा सवारी चलाउन पर्नेभएमा सिडियाे कार्यालयले जारी गरेको पास लिनुपर्ने भनिएकाे छ।