ज्योति लाईफले ल्यायाे स्मार्ट एप्समा थप सुबिधा

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बिमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप सुबिधा ल्याएकोे छ । आफ्ना सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई थप प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले सबैको लागि उपयोगी स्मार्ट एप्समा थप सुबिधा ल्याएकोे कंपनीले जनाएको छ ।

एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको कंपनीको दाबी छ ।


बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु आफैले यो एप्समा लग ईन मार्फत प्राप्त गर्न सक्ने छन् भने कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको नोटिफिकेसन अलर्ट समेत त्यहाँ पाउन सकिन्छ । यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गरी, स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको छ ।


ज्योति लाईफले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ । यस एप्स भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन सेयर गर्न सक्नेछन् ।

एकप्रकारले भन्ने हो भने यसलाई सेवाग्राहीहरुले “मोबाईल इन्स्योरेन्स सेवा”को रुपमा पनि लिन सक्नेछन् । यही एप्सबाट ज्योति लाईफद्धारा सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्त गर्न सकिने भएकोले सबै प्रकारका सेबाग्राहीहरुले यस मोबाईल एप्सबाट लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ।