
कोभिड-१९ का कारण विश्वभर सन् २०२२ सम्ममा २० करोड बढी बेरोजगार हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले चेतावनी दिएको छ।
आइएलओका अनुसार विश्वमा कोरोना महामारीका कारण लाखौंको रोजगार गुमेको छ भने नयाँ रोजगारीको अवसर बन्न सकेको छैन। यहि कारण यो वर्ष ७ करोड ५ लाख बेरोजगार भएका छन्।
रोजगारीमा आएको संकटबाट बाहिर निस्कन निकै लामो समय लाग्ने पनि आइएलओले उल्लेख गरेको छ। आइएलओका निर्देशक गाय राइडरले सन् २०२२ सम्ममा विश्वभर बेरोजगारीको संख्या २० करोड ५ लाखसम्म पुग्ने अनुमान गरेको बताए।
महामारी सुरु हुनु अघि सन् २०१९ मा बेरोजगारी आंकडा १८ करोड ७ लाख थियो। उनले सबै देशमा एउटै अवस्था नहुने पनि बताएका छन्। धनी देशमा बेरोजगारी समस्यासँग लड्ने क्षमता भए पनि गरिब देशमा पहिले नै रहेको असमानताका कारण महिला र युवाको रोजगारीमा असर पर्ने देखिएको छ।
राइडरले कम आय भएको देशमा बेरोजगारीको स्थिति खराब हुनसक्ने चेतावनी दिएका छन्। तर भ्याक्सीनमा पहुँच राख्ने र मजबुत आर्थिक नीतिको माध्यमबाट धेरै आय हुने देश भने यस्तो समस्यासँग जुध्न सक्ने उनको भनाइ छ।
महामारीको समयमा लाखौंसँग रोजगारी नहुँदा परिवारमा गरिबी बढ्ने र उनीहरुको सामाजिक सुरक्षा पनि कम भएको छ। गरिबी नियन्त्रणको लागि अहिलेसम्म भएका कामलाई कोरोना महामारीले पाँच वर्ष पछि धेकेलेको पनि आइएलओले उल्लेख गरेको छ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




