
काठमाडौं, २० जेठ । वन तथा वातावरण मन्त्रालयले चुरे संरक्षणमा संवेदनशील रहेको स्पष्ट पारेको छ।
व्यापार घाटा कम गर्न भन्दै चुरे दोहनको कार्यक्रम बजेटमार्फत ल्याएकोमा चौतर्फी विरोध हुन थालेपछि वातावरण मन्त्रालयले विज्ञप्ती निकालेर चुरे संरक्षणमा संवेदनशील रहेको स्पष्ट पारेको हो।
आर्थिक वर्ष २०७८र७९ को बजेटको ११९ बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ’ भनिएको छ। यहि बुँदामा चौतर्फी विरोध भएको छ।
चुरे तथा वातावरण संरक्षणप्रति सरोकारवाला, संरक्षणकर्मी, नागरिक समाज, अभियन्ता लगायत विभिन्न तह र क्षेत्रबाट व्यक्त भएको चासो र चिन्ताको विषयमा मन्त्रालयले उचित ध्यान दिई अगाडि बढ्ने पनि मन्त्रालयले जनाएको छ।
यसअघि अर्थ मन्त्रालयले सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेकाले चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको भन्दै विज्ञप्ती निकालेको थियो।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



