
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । जसपा वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा गएकाे हो ।
जसपाबाट राजेन्द्र महतो, उपप्रधान मन्त्री तथा शहरी विकास, शरत सिंह भण्डारी, उर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई ,बिमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया, युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मियाँ, वन तथा वातावरण,चन्द्रकान्त चौधरी , राज्य मन्त्री उर्जा र रेणुका गुरुङ राज्य मन्त्री महिला रहेका छन्।
एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री, परराष्ट्र तथा शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन । साविक मन्त्रिपरिषद्का चार मन्त्रीलाई प्रधानमन्त्री ओलीले यथावत राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई निरन्तरता दिइएको छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् ।
मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फे हटाइएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि हटाइएका छन् । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि हटाइएका छन् ।
उपप्रधानमन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री लगायतले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



