बुर्किना फासोमा बन्दुकधारीको आक्रमण : १३२ जनाको मृत्यु

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



बुर्किना फासोमा बन्दुकधारीको आक्रमणबाट १३२ जनाको ज्यान गएको छ ।

उत्तरी बुर्किनाफासोको एक गाउँमा बन्दुकधारीले आक्रमण गर्दा १३२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो आक्रमण केही वर्ष यताकै खराब भएको त्यहाँको सरकारले बताएको छ ।

गएराति बन्दुकधारीले याघा प्रान्तको साहेल इलाकाको सोलान गाउँमा आक्रमण गरेको हो । उनीहरुले घर र स्थानीय बजारमा आगो लगाएका खबरमा उल्लेख छ ।

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

बुरकिना फासोका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले खराब शक्तिविरुद्ध एकजुट हुनुपर्ने भन्दै आक्रमणकारीको खोजी भइरहेको बताएका छन् ।

यस्तै संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुट्रेस्ले यो आक्रमणको निन्दा गरेका छन् ।