टीका पौडेल युलेस सिटी काउन्सिल मेम्बरमा विजयी

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन्।

सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल २ वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन्।

चितवनका बासिन्दा पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताए। नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न थिए ।

गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’ मा चुनाव भएको थियो।