बोको हरामका नेताको मृत्यु भएको विपक्षीको घोषणा

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



बोको हरामका नेता अबुबकार सेकाउको मृत्यु भएको विपक्षीले घोषणा गरेको छ ।

सेकाउले आफ्नो ज्यान आफैँ लिएको विपक्षी लडाकू समूहले दाबी गरेको छ ।

एउटा अडिओ रेकर्डिङ सार्वजनिक गरेर दुईवटा समूहबीचको लडाईपछि सेकाउले आफैँलाई विस्फोट गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले जनाएको छ ।

सेकाउ अघिल्लो महिना पनि मारिएका खबर सार्वजनिक भएको थियो ।

त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो।

बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि गरेका छैनन् ।