पाकिस्तानमा दुई वटा रेल ठोक्कियो : कम्तिमा ३० को मृत्यु

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ।

दक्षिणी पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल ठोक्किँदा कम्तिमा ३० जनाको मृत्यु भएको हो। ५० भन्दा धेरै घाइते भएका छन् ।

एउटा रेल लिकबाट बाहिर निस्किएपछि अर्को रेलसँग ठोक्किएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

अहिले उद्धारको काम चलिरहेको छ।

घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै तत्काल उद्धारको काममा लाग्न निर्देशन दिएका छन् ।