
काठमाडौं, २५ जेठ। मनसुन भित्रन लागेकाले अब पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन्।
नेपालमा मनसुन भित्रन आवश्यक प्रणालीको विकास भइरहेकाले अब पानी पर्ने क्रम बढ्दै जाने मौसमविद्ले बताएका छन्। अहिलेको अवस्था हेर्दा एकदुई दिनमै नेपालमा मनसुन भित्रने देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए।
सामान्यतया नेपालमा जुन १० मा भित्रने मनसुन सेप्टेम्बर २३ मा बाहिरिन्छ। यसपाली निर्धारित समयमै मनसुन नेपाल प्रवेश पर्ने संभावना रहेको उनको भनाई छ।
मंगलबार देशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन्। पश्चिमी, पूर्वी र स्थानीय वायुको प्रभावले प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
उनका अनुसर प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अरु स्थानमा आंशिक बदली रहनेछ।
यस्तै मंगलबार राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ।
यसैगरी बुधबार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
यस्तै बुधबार राति देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



