
काठमाडौं, २८ जेठ। संसद् विघटनपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ।
उनले आज संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन्।
दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सभामुख सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्।
सभामुख सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न लागेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले छलफललाई तिब्रता दिएका हुन्।
यसअघि जेठ ११ गते सापकोटाले पूर्वसभामुखसँग सुझाव लिए भने १३ गते संविधानविद् एवं कानुनका जानकारसँग परामर्श गरे।
संविधानविदसँगको छलफलका क्रममा उनले जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिन सक्ने बताएका थिए।






काठमाडौं, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई…
पाँचथर, ११ मङ्सिर। हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास…
काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११…
काठमाडौं, ११ मङ्सिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको… 



