
पोखरा, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संसदमा विश्वासको मत लिन नसकेकाे भोलिपल्ट आज शुक्रबार सोबारेको जानकारी प्रदेश प्रमुखसमक्ष गराइँदै छ ।
पोखरा सभागृहमा डाकिएको प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत आठौं बैठकमा पृथ्वीसुव्वाको प्रस्तावमा विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएको प्रदेश प्रमुखसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएको जानकारी पनि संसदमा गराइने भएको छ । उनले संसदीय दलको ह्वीप विपरीत हिजोको मत विभाजनमा विपक्षीमा मतदान नगरी तटस्थ बसेका थिए ।
गण्डकीमा मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्ने छिन् ।
कुनै एक सांसदले आफूसँग बहुमत भएको दाबी गर्दै प्रदेश प्रमुखकहाँ गएपछि नयाँ सरकार गठन हुनेछ । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ।
प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई मुख्यमन्त्रीले गएराति नै पदमुक्त गरिसकेका छन् ।
मनाङ्गले विपक्षी दलहरुले समर्थन गरे सरकार बन्न सक्नेछ । जसमा काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ गरी बहुमत कुल ३१ सदस्य स्वतः पुग्नेछ ।






काठमाडौं, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई…
पाँचथर, ११ मङ्सिर। हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास…
काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११…
काठमाडौं, ११ मङ्सिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको… 



