राष्ट्रिय जनमोर्चाका सांसद थापा फेरि हटाइए

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



पोखरा, २८ जेठ । संसदीय दलको ह्वीपविपरीत तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारबाही गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दता भएको छ । साथै सोबारेको पत्र शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कारबाहीसम्बन्धी पत्र पढेर सुनाए ।

यसअघि पनि कारबाहीमा परेका थापा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थमौती भएको थियो।