इथियोपियामा ३३ हजार बालबालिकाको खान नपाएर मृत्यु हुने राष्ट्रसंघको चेतावनी

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



संयुक्त राष्ट्रसंघले इथियोपियामा झण्डै ३३ हजार बालबालिकाको भोक र कुपोषणका कारण मृत्यु हुने चेतावनी दिएको छ।

राष्ट्रसंघको बच्चाको लागि काम गर्ने संस्था संयुक्त राष्ट्र बालकोषले इथियोपियाको टिग्रेमा झण्डै ३३ हजार बालबालिकाको भोक र कुपोषणका कारण मृत्यु हुने चेतावनी दिएको हो।

सरकारी सुरक्षाबल र विद्रोहीबीच लगातार संघर्ष चलिरहँदा टिग्रेको अवस्था नाजुक बन्दै गएको छ।

नोभेम्बर २०२० मा सुरु संघर्षपछि टिग्रेबाट झण्डै १७ लाख मानिस विस्थापित भइसकेका छन्।

राष्ट्रसंघको एक अध्ययनले टिग्रेमा मात्रै झण्डै ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको देखाएको छ। यही अध्ययनले झण्डै ३३ हजार बालबालिकाको भोकका कारण मृत्यु हुने आशंका गरिएको छ।

राष्ट्रसंघको यो अध्ययनलाई इथियोपिया सरकारले भने असहमति जनाएको छ।

त्यहाँको सरकारले टिग्रेमा रहेका आफ्ना नागरिकलाई सहयोग पठाइएको बताएको छ।

यूनिसेफले टिग्रेको सुदुर हिस्सामा मानविय सहयोग पुर्याउन अपील गरेको छ।