कोरोनाविरुद्धको खोपले मृत्यु र अस्पताल भर्ना दर कम : डब्लूएचओ

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ खोपले मृत्यु र अस्पताल भर्ना हुने दर कम गरेको दाबी गरेको छ।

कोभिड खोपले मृत्यु र अस्पताल भर्ना हुनबाट रोक्न महत्वपूर्ण भूमिका खेलेको भएपनि कति समय मानिसलाई खोपले सुरक्षित राख्छ भन्ने नखुलेको डब्लूएचओले जनाएको छ।

कति समय मानिसलाई खोपले सुरक्षित राख्छ भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको भन्दै डब्लूएचओले अबको १२ महिनामा यसको बारेमा जानकारी पाइने बताएको छ।

‘अहिलेसम्म जति खोप बनेका छन्। तिनको बारेमा कुनै जानकारी प्राप्त छैन’, डब्लूएचओले थप भनेको छ, ‘अबको १२ महिनामा यसको बारेमा पूर्ण जानकारी मिल्नेछ।’

भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने भएकाले मौसमी इन्फ्लूएन्जाको लागि वर्षेनी खोप दिनुपर्ने हुन्छ। अरु केही खोप जीवनमा एकपल्ट लगाए पुग्छ। त्यसैले कोरोना विरुद्धको खोप पनि कति समयमा कसरी दिने भन्ने बारेमा थाहा हुन समय लाग्ने डब्लूएचओको भनाइ छ।