
पोखरा, २९ जेठ । विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेपछि गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको छिनोफानो हुँदैछ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकोमा विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरिसकेका छन् ।
जसमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेशसभा सदस्यले काँग्रेस संसदीय दलका नेता कृष्ष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत पाउन नसकेपछि स्वतः पदमुक्त भएका थिए । विपक्षी दलहरु पोखराको तारेहोटल सांग्रिला होटलमा बसेर मन्त्रालय बाँडफाँडमा जुटेको स्रोतले जनाएको छ । गण्डकीमा कुल ६० सांसद छन्।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



