वैद्यले ओलीविरुद्धको अभिव्यक्तिमा आत्मालोचना गर्दै माफी मागे

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ जेठ। नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन्।

शनिबार बसेको प्रदेशसभा बैठकमा उनले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका हुन्।

वैद्यले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन आफु नाथुराम गोड्से बन्न तयार भएको बताएका थिए।

नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।

यो अभिव्यक्तिले प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र भएको भन्दै चौतर्फी आलोचना भएपछि वैद्यले आत्मालोचना गर्दै माफी मागेका हुन्।

उनले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए।

यसअघि शनिबार बिहानै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ती निकालेर वैद्यको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै फौजदारी कानुन आकर्षित गर्न माग गरेका थिए।