
पोखरा, २९ जेठ । नियुक्तिमा दबाव दिँदै गण्डकी प्रदेशसभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका छन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका सदस्यहरुले प्रदेश प्रमुखको कार्यालय रत्नचोकमा धर्ना दिएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै उनीहरुको आपत्ति छ ।
मुख्यमन्त्रीमा दाबी गरेका पोखरेलले संसद विघटनको खतरा रहेको भन्दै आफुहरु कानुनी बाटोमा जाने बताए । उनले मुख्यमन्त्री गुरुङ केपी ओली सरकारको गोटी बनेको आरोप समेत लगाएका छन् ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।
शुक्रबार समर्थनसहित हस्ताक्षर बुझाएका ३१ जना सांसद नै धर्नामा उपस्थित छन् । मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्दै सशरीर शुक्रबार नै प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए । जसमा काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २–२ तथा स्वतन्त्र १ सांसद सहित बहुमत अर्थात ३१ सदस्यको समर्थन छ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



