
पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम आज शनिबार साझँ नै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गरेकाे गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रबक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिएका छन।
मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेलले आजै मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरेकाे बताइएकाे छ ।
यसअघि नियुक्तिमा दबाव दिँदै गण्डकी प्रदेशसभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए ।
कामचलाउ सरकारका मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि लफडा सुरु भएको थियो ।
यसअघि विपक्षी गठबन्धनले शुक्रबार ३१ सांसदको हस्ताक्षर बुझाएका थिए । जसमा काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २–२ तथा स्वतन्त्र १ सांसद सहित बहुमत अर्थात ३१ सदस्यको समर्थन थियो।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



