गण्डकी प्रदेशमा नयाँ मन्त्रिमण्डल बिस्तार

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



पोखरा, २९ जेठ । आज मुख्यमन्त्रीमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ मन्त्रिमण्डल बिस्तार गरेका छन् ।

केहिबेरपछि सपथ ग्रहण गराईने मन्त्रिमण्डलमा रहेका मन्त्रीहरु जनता समाजवादी पार्टीबाट संसदीय दलका नेता हरिशरण आचार्य, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजिव गुरुङ तथा नेपाली कांग्रेसबाट कुमार खड्का रहेका छन् । सबैले बिना विभागीय मन्त्रिकाे रूपमा सपथ खाँदैछन् ।