
काठमाडौं, ३० जेठ। अबको तीन दिन देशभरी कै मौसम बदली भई धेरै स्थानमा वर्षा हुने र केही ठाउँमा भारी वर्षाको संभावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनसँगै पश्चिमी र स्थानीय वायुको प्रभावले अबको तीन दिन देशभरी कै मौसम बदली भई धेरै स्थानमा वर्षा हुने र केही ठाउँमा भारी वर्षाको संभावना रहेको हो।
आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको सम्भावना छ।
यस्तै आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
यसैगरी मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
यसैबीच यो वर्षको मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा धेरै पानी पर्ने भएकाले अहिलेदेखि नै पूर्वतयारी गर्न मौसमविद्ले आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुमनकुमार रेग्मीले धेरै ठाउँमा सरदर भन्दा बढी पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम बढ्ने भन्दै पूर्वतयारी गर्न अनुरोध गरेका हुन्।
उनले यस वर्षको मनसुनमा सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानमा तथा प्रदेश १ को मध्य, पश्चिमी पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी दिए।
यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भूभागमा सरदर बढी वर्षा हुने तथा प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा कम पानी पर्ने विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ।
शुक्रबार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशसम्म फैलिएको र एकदुई दिनमै देशभर फैलिने पनि उनले जानकारी दिए।
धेरै ठाउँमा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरो र डुबानको जोखिम धेरै भएको पनि विभागले जनाएको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



