रकेटमा १० मिनेट यात्रा गर्न २८ मिलियन डलर !

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



न्यु सेफर्ड स्पेस रकेटमा यात्रा गर्न एक जनाले २८ मिलियन डलर तिरेका छन् ।

अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको रकेटमा यात्रा गर्न एक जनाले २८ मिलियन डलर तिरेका हुन् ।

यो रकम नेपाली रुपैयाँमा ३ अर्ब २७ करोड हुन आउँछ ।

नाम नखुलाइएका ति व्यक्तिले २० जुलाईमा बेजोससँग १० मिनेट यात्रा गर्न पाउनेछन् ।

शनिबार भएको लिलामी बढाबढमा एकजनाले २८ मिलियन डलर कबोल गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बेजोससँगको यात्राका लागि यसअघि विश्वभरबाट टिकट खरिद गर्न आवेदन माग गरिएको थियो । जसमा १४० भन्दा धेरै देशबाट ७ हजार ६ सय मानिसले फारम भरेका थिए ।

त्यसमध्ये २० जनाले टिकटका लागि भाउ लगाएका थिए । ४८ लाख डलरबाट सुरू भएको टिकटको बोलकबोल १० मिनेट नबित्दै २ करोड ८० लाखसम्म पुगेको थियो ।