
काठमाडौं, २ जेठ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा बाढी आएको छ । मेलम्ची खोलाको बाढीले मेलम्ची बजारका अधिकांश घर डुबानमा परेका छन् । बाढीका कारण पक्की र झुलुङले पुलसमेत बगेका छन् ।
लगातारको वर्षपछि आएको बाढीले मेलम्ची नगरपालिका– ११ को मेलम्ची बजारमा ठूलो क्षति पुर्याएको छ । उक्त बजार क्षेत्रका अधिकांश घर डुबेका छन् ।
सिन्धुपाल्चोकका स्थानीयसमेत रहेका स्वास्थ्य तथा जनसंख्यमन्त्री शेरबहादुर तामाङले बाढीले ५० बढी सर्वसाधारण बेपत्ता भएको बताएका छन् ।
बाढीले मेलम्ची खानेपानी ड्याममा ठूलो क्षति गरेको छ । तामाङका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् । उनले सबैलाई सहयोगमा जुट्न आग्रह गर्दै सरकारले सहयोग र उद्धारको काम सुरु गरेको बताए ।

मन्त्री तामाङले नाकोते, तिम्बु, फट्टे, मेलम्ची, बाहुनेपाटी, ढाँडखोला पूल बगाएको बताए। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति भएको छ। उनले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुटन अपील गरेका छन्।
बाढीपहिरो पीडितका लागि बुधबार बिहानै सरकारले टेण्ट र खाध्यान्न पुर्याउने तयारी गरेको छ। घर बगाएका स्थानीयलाई आश्रय दिन अनुरोध गर्दै सबैलाई संकटमा सहयोग गर्न उनले अपील गरेका छन्।
लगाातारको वर्षाले सप्तकोसीसम्मका बासिन्दालाई सचेत र सुरक्षित रहन उनले भनेका छन्।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



