चैत र वैशाखकाे कर असार २५ गतेसम्म बुझाउन सकिने

- अतिरिक्त शुल्क नलाग्ने

-



     सफल आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ असार । आन्तरिक राजस्व विभागले व्यवसायीलाइ निषेधाज्ञापछिको कर असार २५ गतेसम्म बुझाउन पाउने सुबिधा दिएको छ । विभागले सूचना जारी गरी असार २५ गतेभित्र कर विवरण बुझाउन सकिने बताएकाे हो ।

कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको कारण तोकिएको समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई मध्येनजर गरेर कर दाखिला गर्ने म्याद थपिएको विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा २०७७ चैत्र र वैशाख महिनाको मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसंचार सेवा शुल्क असार २५ गतेसम्म बुझाउन सूचनामा उल्लेख गरिएको छ ।