मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको हेली उद्धार

-



     सफल आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित



पोखरा, ३ असार । विगत ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको बिहीबार हेली उद्धार गरिएको छ । मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकोप्टर जान सकेको थिएन।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत सिरानतालका २४ जना र थोंचेको गुम्बामा ११ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पाल्तेन छोपाङ गुरुङको पहलमा सो उद्धार सम्भव भएको हो।

उनीहरुलाई त्रिपाल, टेन्ट, पानी लगायत सामग्री प्रदान गरिएको छ । चामेमा खानेपानी अभाव भएपछि हेलिकोप्टरबाटै पानी लगिएको थियो।