
काठमाडौं, ४ असार । गरिमा विकास बैंक लिमिटेड र केसीएल अस्ट्युट क्यापिटल लिमिटेडबिच शेयर स्वामित्व खरिद गर्नेसम्वन्धी सम्झौता सम्पन्न भएको छ ।
शुक्रवार आयोजित कार्यक्रममा सोसम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटल लिमिटेडतर्फबाट अध्यक्ष दीपक पाण्डेयले हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात केसीएल अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमाको ५१.२० प्रतिशत शेयर स्वामित्व कायम भई केसीएल अस्ट्युट क्यापिटल लिमिटेड गरिमाको सहायक कम्पनीको रुपमा स्थापित हुने जनाईएको छ।
साथै गरिमाले शेयर लगानी गरेपश्चात केसीएल अस्ट्युट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको गरिमाका प्रमुख कार्यकारी अधिकृत ढकालले सफल आवाजलाई बताए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



