काभ्रे, ६ भदाै । काभ्रे जिल्लाका दुई अस्पतालमा एकैदिन ३५ जनामा कोरोना संक्रमण भएको छ । शनिबार बनेपा नगरपालिका १३ भैंसेपाटीकाे स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा २३ जना र धुलिखेल अस्पतालमा १२ गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धुलिखेल अस्पतालमा यसअघी १४ जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण पुष्टि भइसकेको छ । शनिबार थप संक्रमण पुष्टि हुनेहरुमा केही स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र चमेना गृहका कर्मचारी छन् ।
स्पाइनल एञ्जुरी पुनस्थार्पना केन्द्रका १० जना बिरामी र १३ स्वास्थ्यकर्मी तथा कर्मचारीमा अाज संक्रमण पुष्टि भएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरीका ५९ मध्ये २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ ।
काभ्रे जिल्लामा हालसम्म याे सहित संक्रमितको संख्या १ सय ३९ पुगेको छ । यो अवधिमा २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । ४३ जना निको भएर घर फर्किसकेका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




