
काठमाडौं, १० असार । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रती लिटर २ रुपैयाँले बृद्धि गरेको जनाएको छ ।
पछिल्लो बृद्धि गरिएको मूल्यसहित पेट्रोल प्रतिलिटर १२७ पुगेको छ । डिजेल/मट्टीतेलको प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ बृद्धि हुँदा प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ ।
यस्तै निगमले अन्तराष्ट्रिय उडानतर्फ प्रति किलोलिटर अमेरिकी डलर २० बृद्धि गरेर प्रति किलोलिटर ७३५ पुर्याएकाे छ ।
आयल निगमले अन्तराष्ट्रिय बजारमा भएको मूल्यलाई आधार मानेर स्वचालित मूल्य निर्धारण गरेको जनाएको छ । निगमले नेपाली मुद्राको डलरसंगको अवमूल्यनको कारण आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुने संभावना रहेको बताएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



