राष्ट्रपतिले दिइन माैजुदा मन्त्रीहरूलाई रिक्त मन्त्रालयकाे जिम्मेवारी

-



     सफल आवाज    
     असार १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्रीहरुको कार्यभार मौजुदा सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चार मन्त्रीहरुलाई तोकेकी छन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा वैशाख ३१ गते गठित मन्त्रिपरिषदमा जेठ १७ को नियुक्ती, हेरफेर र कार्य विभाजन हुँदा समावेश भएका दुई उपप्रधानमन्त्री, पन्ध्र मन्त्री र तीन राज्यमन्त्रीको बारे सर्वोच्चमा परेको रिटको सुनुवाईमा पदमा रहेर काम नगर्नु, नगराउनु भनि आदेश जारी भएको थियो

पदमुक्त भएका मन्त्रीहरुले सम्हाल्दै आएका मन्त्रालयहरु रिक्त भएको अवस्थामा प्रधानमन्त्री ओलीको बिहिबार भएको सिरफारीसमा राष्ट्रपति भण्डारीले माैजुदा मन्त्रीहरूलाई नै कार्यभार तोकेकी हुन ।

राष्ट्रपतिबाट तोकिएको कार्यभार सूची हेर्नुस् :