
काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा निर्णय लिन राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज साँझ ५ बजेपछि बैठक बस्ने तयारी भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले १ सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको बताए । जारी निषेधाज्ञा असार १४ मा सकिँदैछ ।
सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । निजी सवारी जस्तै सार्वजनिक यातायातमा पनि जोर बिजोर लागू गर्नेबारे निर्णय हुन सक्ने छ।
वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



