
काठमाडौं, १५ असार । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहीबारदेखि खुला हुँदैछ । निषेधाज्ञा पूर्ण रुपमा खुला नभए पनि सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । तर हवाई उडानका लागि सरकारले शर्त तोकेको छ । कुन गन्त्वयमा कति उडान हुने भनेर पनि तोकिएको छ ।
बुद्ध एयरले काठमाडौंबाट विराटनगरसम्म दैनिक चार वटा उडान गर्नेछ । तुम्लिङटार र सुर्खेतका लागि एक उडान राखिएको छ भने भद्रपुरका लागि तीन उडान तय भएको छ । सिमरामा दैनिक तीन, जनकपुरमा दैनिक तीन, पोखरामा तीन, भैरहवामा पाँच, नेपालगञ्जमा तीन र धनगढीमा दुई उडान गर्ने गरी तालिका मिलाइएको छ ।
यतीले भद्रपुरमा दुई, विराटनगरमा तीन, जनकपुरमा दुई, सिमरामा दुई, पोखरामा दुई, भैरहवामा दुई, नेपालगञ्जमा दुईवटा उडानको अनुमति पाएको छ ।
श्री एयरलाइन्सले भद्रपुरमा दैनिक एक, विराटनगरमा एक, भैरहवामा एक, नेपालगञ्जमा र धनगढीमा दैनिक दुई÷दुई उडान गर्नेछ । सौर्य एयरको जहाज भने काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक÷एक उडानमा हुनेछ ।
काठमाडौंबाट लुक्का, फाप्लु, डोल्पा र सिमकोट गरी दुर्गममा विमानस्थलमा उडान हुने गर्छ । यी गन्तव्यलाई दैनिक ८ उडान तोकिएको छ । समिट, तारा र सीताले यो उडान उपयोग गर्न सक्नेछन् । मनसुन र पर्यटकीय सिजनसमेत नभएका कारण दुर्गममा भने यात्रुको चाप नहुने समिट एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



