अर्थ मन्त्रालयका सहसचिव मैनाली नेप्सेको अध्यक्षमा नियुक्त

-



     सफल आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको असार १४ को निर्णय अनुसार मन्त्रालयका सहसचिव मैनालीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त रहेको उक्त पदमा अर्थ मन्त्रालयका सहसचिव मैनालीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

मैनालीको पदवहाली पनि भएको छ । त्यस क्रममा उनले धितोपत्रको दोश्रो बजार तथा पूँजी बजारको विकासका लागि प्रतिवद्ध रहेको बताए । मुलुकको आर्थिक विकासको लागि नेप्से संचालक समितिमा रहेका अनुभवि सदस्यहरु र व्यवस्थापनबाट सहयोगको अपेक्षा रहेको उनले बताए ।

मैनाली यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रहेर प्रभावकारी कार्य सम्पादन गरेका व्यक्तिमध्ये एक हुन । त्यसपछि उनलाई अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाईएको थियो ।