
काठमाडौं, १७ असार । साताको पाँचौ दिन बिहिबार शेयर करोबार हुने अन्तिम दिन शेयर बजार सकारात्मक लयमा फर्किएको छ । कर तिर्नुपर्ने समय तथा बैंक वित्तीय संस्थामा तिर्नुपर्ने व्याजको ताकेताको कारण लगानीकर्ताहरुले शेयरलाई होल्ड गरेका हुन् कि भन्ने आकलन गरिएको थियो ।
लगातार दुई दिन ओरालो लागेको शेयर बजारको आजको उकालोको यात्रा बजार बन्द हुँदाको अवधिसम्म आउँदा सकारात्मक नै रह्यो । नेप्से सकारात्मक लयमा गएकोमा लगानीकर्ताहरुमा उत्साह पनि जागेको मान्नु पर्छ ।
दिउँसो साढे १४५ बजेको समयमा नेप्से परिसूचक ३३.०१ अंकले बढेर २८५४.८९ विन्दुमा पुगेको थियो । नेप्से १.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.१० अंकले बढेर ५२९.४७ विन्दुमा पुगेको थियो ।
अहिलेसम्म २१८ कम्पनीको शेयर कारोबार हुँदा २ करोड २८ लाख ५ हजार ६६५ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब त्रीहत्तर करोड पच्चिस लाख १ हजार ४ सय चौत्तिस रुपैयाँ बराबरको कारोबार भएको थियो । सबै तेहवटै उपसूहमा हरियाली छाएको थियो ।
शेयर बजार हुँदाको समयमा
नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३.०० विन्दुमा पुग्यो । नेप्सेमा ०.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.३३ अंकले बढेर ५२८.७१ विन्दुमा पुग्यो ।
आज कुल २२४ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँ बराबरको करोबार भएको छ ।
नीर्जिवन बीमा उपसमूहबाहेक बाँकी १२ वटै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएकाे हाे । सबैकाे शेयर बढेकाे छ ।
करोबारको आधारमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको ३० करोड ४४ लाख २८ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



