मनकामनाकाे आईपीओमा पहिलो दिनमै २१ गुणा बढी आवेदन

-



     सफल आवाज    
     असार १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ असार । पछिल्लो समय आइपिओमा सर्वसाधारणको चासो बढेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै २१ गुणा धेरै आवेदन परेका छन्।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८९ हजार ८१२ जना आवेदकबाट ७९ लाख ७२ हजार ८३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले सर्बसाधारणमा बिक्रीमा ल्याएको आइपीओको २१ गुणा भन्दा बढी होे।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ।