
काठमाडौं, १८ असार । जलविद्युत लगानी तथा विकास कम्पनी इचआइडिसीएलले साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशनमा ल्याउन लागेको छ ।
कम्पनीले १०० रुपैयाँ मूल्य अंकित ११ करोड कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा ११ अर्ब रुपैया बराबरको जारी गर्न लागेको हो । यसका लागि कम्पनीले जेठ २८ सम्म बुक क्लोज गरेको थियो । जेठ सत्ताइस गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करोबार गरी कायम रहेका शेयरधनीहरु मात्रै हकप्रद शेयरका लागि योग्य मानिने भएका छन् ।
हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंक र तोकिएका शाखा कार्यालयहरुबाट साउन २५ गतेसम्म आवेदन दिने सकिने भएको छ । नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने छ ।
कम्पनीको ११ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेकोमा हकप्रद शेयर निष्काशन तथा बिक्रीपछि चुक्ता पुँजी बाईस अर्ब पुग्ने भएको छ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लाोबल आइएमई क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



