
पोखरा, २१ असार । काँग्रेस नेता रामजी कुँवरको निधन भएको छ । कोरोना संक्रमणबाट ग्रसित उनी निको भए पनि स्वास्थ्यमा सुधार हुन नसक्दा ज्यान गुमाएका हुन् ।
उनको सोमबार दिउँसो काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारजनले जनाएको छ ।
यसअघि पोखरा महानगरपालिकाका मेयरका प्रत्यासी कुुँवर ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनको घर पोखरा ६, बैदाम हो ।
यसैबीच, उनको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्न काँग्रेस कास्कीका सभापति कृष्ण थापा, आइबहादुर गुरुङ, लक्ष्मी पाण्डे, प्रवक्ता नवीन सिग्देल लगायतको टोली काठमाडौं जाँदैछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



