
काठमाडौं, २२ असार । पूर्व प्रधानमन्त्री तथा नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई विघटन गरी व्यापारीलाई दिन लागिएको कदम आपत्तिजनक भएको बताएका छन् ।
भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ”एउटा निजी हवाई कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा अत्यन्त गम्भिर र आपत्तिजनक रहेको छ ।”

डा.भट्टराईले संसद र संसदीय समिति क्रियाशिल नरहेको मौकालाई छोपेर प्रधानमन्त्री केपी शर्मा ओली र उनका आसेपासेहरुले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ, भनेका छन् ।
राष्ट्रको ध्वजा बोकेको नेपाल वायुसेवा निगमलाई निजी कम्पनीको स्वार्थमा विघटन गर्न लागिएकोले सबैतिरबाट यसको प्रतिवाद गर्न उनले आव्हान पनि गरेका छन् ।
कम्पनीमा रूपान्तरण गर्न खाेज्नु दूर्भाग्यपूर्ण : पाैडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले निगमलाई कम्पनीमा रूपान्तरण गर्न खाेज्नु दूर्भाग्यपूर्ण भएकाे बताएका छन् । सामाजिक संजालमा उनले सरकारले निजीकरण गर्ने काम तत्काल बन्द गर्नु पर्ने लेखेका छन् । उनले निगमलाई जाेगाउन अपिल गरेका छन् ।

संयुक्त ट्रेड युनियनले गरेको बिशेष आह्वान :
नेपाल बायुसेवा निगमलाई निजिकरण हुनबाट बचाउन माग गर्दै संयुक्त ट्रेड युनियन आन्दोलनमा उत्रिएको छ । कर्मचारीहरुले आज निगमको कार्यालयमा धर्ना दिएका छन् ।
कम्पनीकरणको विरुद्दमा किन लाग्ने ?
१. कम्पनीकरणमा गएपछि नेपाल सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्ने जसले गर्दा निगम डुबेमा उसले आम कर्मचारीको दायित्वबाट हटेर कर्मचारी खाली हात हुनुपर्ने देखिन्छ ।
२. हालको कोरोना प्रकोपको विषम परिस्थितिमा सरकारले निगमलाई सहुलियत वा पूँजी वृद्धि गर्नुपर्नेमा (जुन कुरा अन्य मुलुकले परिचालन गरेका छन् ) उल्टो जिम्मेवारीबाट पन्छिने कार्य रास्ट्रघाती र निगममारा छ ।
३. हाल नेवानिमा बोर्ड संचालक अध्यक्षविहिन रहेको मौका छोपी काम चलाउ सरकार र मन्त्री भएको अवसर पारी हवाई माफियाको इसारामा बदनियतपूर्ण ढंगले आम कर्मचारीको राय, छलफल बिना नै मौका छोपी बोर्ड संचालकले कम्पनीकरणको विषयमा निर्णय गरेको कुरा खेद्जनक छ ।
४. नेवानी ऐन अन्तर्गत स्थापना भएको र सरकार अन्तर्गत नै रहेकाले नेवानिले पाउँदै गरेको Ground Handling सेवा कम्पनीमा गएपछि खोसिने पक्का छ जसको शुरुवात नेवानी बाहेक अरु संस्थालाई Self Ground Handling को अनुमती दिएर गरिसकेको छ ।
५. नेवानिको कुल सम्पती कुल ८० अर्ब भन्दा बढी भएकोमा पटक पटक डीडीए (DDA) गरेर कुल सम्पत्ति कम देखाउँदै कुनै अमुक संस्थालाई बेच्ने र यहाँका जहाजहरु, Equipment बेचेर कमिसन खाने खेल स्पष्ट देखिन्छ ।
६. यस कम्पनीकरणको प्रबन्धपत्रमा स्पष्ट रूपमा कम्पननीको उदेश्य प्राप्त गर्न गरिने काम भनेर अनावश्यक भए जतिलाइ कानुनी प्रकृया पूरा गरी सेवाबाट हटाउने भनिएकाे छ । जसले गर्दा जुनसुकै सेवा, समुह, तह, पद, स्थायी, आस्थायी, करार, ज्यालादारीमा रहेका कर्मचारीहरुको रोजी राेटी खाेसी उनीहरुका परिवार र बाल बच्चाको भविश्य अन्योल बनाउने देखिन्छ । याद गरौँ तपाईं हामी कर्मचारीबर्ग कम्पनिकरण पश्चात् जति नै कर्मठ, योग्य, निष्ठावान, Management को कुनै पद धारण गरेको वा Management को नजिक भए पनि कुनै अमुक संस्था वा व्यक्तिको स्वार्थ,कमिसनको खेलको नियती अनुसार जुनसुकै समयमा जागीरबाट हटाउने प्रपन्च देखिन्छ ।
७. हाल सर्बोच्च अदालतको परमादेशको कारणले अन्योलमा रहेका नयाँ नियुक्त कर्मचारी वा बढुवा भएका कर्मचारीको हकमा पनि संस्था नै कम्पनितर्फ धकेलिने भएपछि विगतका नजीरको आधारमा सरकारी वा संस्थानमा नियुक्त भएपछि उक्त नियुक्ती कायम हुने अवसरबाट बन्चित हुने देखिन्छ ।
८. नेवानी सुदृढीकरणको खेलमा हाल कम्पनीमा परिणत गर्दा पनि जुन दायित्व अनुसारको चुक्ता पूंजी वृद्धि गर्नुपर्ने कार्य नगरी हतारमा कम्पनीकरण गर्न लागी पर्नुमा हवाई माफिया वा कुनै अमुक संस्था वा व्यक्तिको बदनियत, स्वार्थ र कमिसनको खेल अनुरुप रास्ट्रिय ध्वजाबाहक विघटन गराउने नियत देखिन्छ ।
९. कम्पनी मोडेलमा जादैमा संस्था सुदृढीकरण हुने होइन । उदाहरणको लागि तारागाउँ विकास समिती अन्तर्गतको Hyatt Regency Hotel मा सरकारको शेयर प्रतिशत हाल नगन्य अवस्थामा रहि सम्पुर्ण शेयर कुनै व्यापारीको अधीनमा रहेकाे छ । Nepal Telecom को पनि शुरूवातको अवस्था भन्दा हाल को सरकारी शेयर घट्दाे अवस्थामा छ ।
नेपाल विधुत प्राधिकरणमा हालकै संरचना अनुसार कुनै एक व्यक्ती विशेष (कुलमान घिसिङ जस्तो मात्र ) ले संस्था नाफामा लैजान सकेको उदाहरण छ । यस्ता अनेकौं अन्य कारणहरुले गर्दा सम्पुर्ण कर्मचारी जुनसुकै सेवा, समूह, तह, पद, स्थायी, अस्थायी, करार, ज्यालादारी, पाेष्टहाेल्डर (Postholder) सबै जना एक हुनुपर्ने बेला आएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



