चौथो दिन पनि नेप्सेमा गिरावट, कारोबार रकममा सामान्य सुधार

-



     सफल आवाज    
     असार २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ असार । कर, बैंकको किस्ता तथा ब्याजको जोहोमा लागिरहेका लगानीकर्ताहरुले असार कटेपछि शेयर बजारमा सुस्ताउने मौका पाउने आशा गरिएको छ ।

असार महिनाको बीचबाटै उत्सुकतासाथ शेयर बजार लयमा नरहनुको कारण लगानीकर्ताहरु शेयर बजार बाहिरको आर्थिक हिसाब मिलानको काममा रहनुले पनि पछिल्ला दिनहरुमा सूचकहरु तथा कारोबारमा गिरावट हुँदै आएको छ । तर सिजन कायमै रहेकाेले साउनकाे शुरूसंगै सकारात्मक लयमा फर्किने अपेक्षा घटेकाे छैन ।

साताको चौथो दिन बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेको छ । यसरी घटेको नेप्से २८०१.१३ विन्दुमा पुगेर रोकिएको छ । नेप्से ०.६० प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १.५० अंकले घटेर ५२५.२४ विन्दुमा पुगि अडिएको छ ।

कुल २२२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जम्मा १३ उपसमूहमध्ये विकास बैंक र माइक्रोफाइनान्समा मात्रै हरियो लागेको छ । बाँकी ११ उपसमूहहरु राताम्मै भएका छन । उनीहरुको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूह राताम्मै भएका हुन । सबैको शेयर घटेको हाे ।

कारोबारको आधारमा सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको ४३ करोड ५४ लाख २७ हजार सैंतीस रुपैयाँ बराबरको कारोबार भएको छ ।