एमालेभित्रको विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै

-



     सफल आवाज    
     असार २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शनिबार दिउँसो २ बजेपछि सिंहदरबारमा बस्दैछ ।

बैठकमा छलफल हुने विषयमा विशेषगरी एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने र शक्ति सन्तुलन लगायत प्रमुख छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको बेला एमाले अध्यक्ष ओलीले महाधिवेशनको मिति तोक्ने, महाधिवेशन तालिकासमेत सार्वजनिक गरिसकेका छन् ।

प्रतिनिधिसिभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने विषयमा भने दुई पक्षमा सहमति भएको छैन ।

कार्यदलका सदस्यले भने विभिन्न विषयमा उत्पन्न विवाद सहमतिनजिक पुगेको दाबी गरेका छन् ।