यी कुरा छन् एमालेलाई फुटबाट जाेगाउने १० बुँदे सुत्रहरूमा

-



     सफल आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २८ असार । नेकपा एमालेमा लामो समयदेखि चर्किरहेकाे आन्तरिक कलह र विवादका कारण दुइ चिरा पर्न लागेकाे पार्टी अनततः तत्कालका लागि फुट्नबाट जाेगिएकाे छ ।

प्रधानमन्त्री तथा अध्यक्षा केपी शर्मा ओली तथा वरिष्ठ नेपाल माधव कुमार नेपाल समूहका नेताहरूकाे संयुक्त कार्यदलले गएराति अबेरसम्म भएकाे छलफलपछि १० बुँदे सहमति पत्र सार्वजिनक गर्दै एमाले फुटबाट जाेगिएकाे बताइएकाे हाे ।

विवादीत विषयहरूमा कार्यदलका सदस्यहरूले प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्धा र सरकारकाे बारेमा पार्टी एकताको मर्म र भावनाकाे आधारमा विधिवत्स तथा संस्थागत निर्णयअनुसार अगाडि बढ्ने सहमति गरिएकाे छ । याे भनेकाे पार्टीमा एकल निर्णय नहुने र त्याे भएमा स्वीकार नहुने भन्ने हाे एक नेताले भने ।

राति अबेरसम्म सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले जानकारी दिए । उनले राष्ट्रिय आवश्कता र जनताको भावनाको आकङ्क्षाबमोजिम ऐतिहासिक सहमति गर्दै एकताबद्ध भएर सबै समस्या समाधान गर्ने बताए ।

सहमति भइसकेपछि पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले सहमतिमा लेखिएका बुँदाहरू पढेर सुनाएका थिए । थियो । सहमति पत्रमा पार्टीका सबै कमिटी, निकाय र जनसङग्ठनलाई नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युष्टि पार्टी (नेकपा) हुनुपूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णयसमेतलाई आधारमा मानी सङ्गठात्मक अवस्थाबाट क्रियाशील हुने उल्लेख छ ।

सहमतिमा २०७७ फागुन २३ गतेको सर्वाेच्च अदालतको फैसलाबाट एमाले पुनःर्जीवित भएपछि वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र साङ्गठनिक काम कार्यबाही स्वतः बदर हुने, उक्त फैसलापछि एमालेमै रहने निर्णयमा पुगेका तत्कालीन नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापालगायत नेताहरुलाई स्वागत गर्दै नेकपामा रहँदाका स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका ती नेतालाई सोही कमिटीमा रहने निर्धारण गरिएको छ ।

सहमति भएपछि स्थायी कमिटीबाट अनुमोदान गराउने तयारीका साथ आज अपरान्ह स्थायी कमिटीको बैठक बस्ने भएकाे छ । कमिटीको बैठक मंगलबार बिहान ११ बजे बाेलाइएकाे छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच जेठ २ गते सहमतिका लागि १० सदस्यीय कार्यदल गठन भएको थियो ।