
काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटनविरुद्ध परेको रिटमा आज फैसला गरेको छ । सर्वोच्चले दोश्रो पटक संसदको पुर्नस्थापना गरेको छ । यस पटकको पुर्नस्थापनले कांग्रेस सभापति शेर बहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको छ ।
यता सर्वोच्चको फैसला आए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि संसद अन्त्य गरेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।
संघीय संसदको सूचनापत्र ४ मा लेखिएको छ, राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असार २८ गते भएको सिरफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन असार २८ गते राति १२ वजेबाट अन्त्य भएकोले असार २९ गते दिनको ३ बजे बोलाईएको बैठकसमेत स्वतः अन्त्य भएको जनाईएको छ ।
जारी सूचनामा राष्ट्रिय सभा नियमावलि ०७५ को नियम ३ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सूचना प्रकाशन गरिएको उल्लेख छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



