देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै, आजै सानाे मन्त्रिपरिषद् बन्ने

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्न लागेका छन् । सोमबार सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि कांग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका हुन ।

राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीको सपथको बारेमा सूचना आईसकेको हुनाले देउवाले बेलुका पाँच वजे सपथ ग्रहणका लागि तयारी गरेको बताईएको छ ।

देउवा २०५२ सालमा राजा वीरेन्द्रको पालामा पहिलो पटक प्रधानमन्त्री भएका थिए । दोश्रो पटक राजा ज्ञानेन्द्रको पालामा २०५८ सालमा, तेश्रो पटक २०६१ सालमा र चौथो पटक २०७४ सालमा माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलासंगै सत्ताबर्हिगमनमा परेपछि माओवादी केन्द्रकै मुख्य जोडबलमा देउवा पाँचौ पटक आज प्रधानमन्त्री बन्दैछन् । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ ।

आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने

यसैबीच, देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । तर मन्त्रिपरिषद् सानो आकारको हुने भएकाे छ । पहिलाे चरणमा माओवादी केन्द्र र कांग्रेसका मन्री बन्नेछन् ।

गठबन्धनमा रहेकाे जनता समाजवादीकाे डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष साउन ३ अगाडी सरकारमा जानेछैन । जसपाको विवादबारे सर्वोच्च अदालतमा मुद्धा रहेकाे छ । राष्ट्रिय जनमोर्चाकाे कुनै निर्णय भएकाे छैन भने देउवालाइ साथ दिएका एमाले नेता माधव कुमार नेपाल गठबन्धनबाट बाहिरीएका छन् ।