
काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथग्रहण गरेका छन् । साथै आजै नियुक्त भएका चार मन्त्रीहरुले पनि सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवा तथा मन्त्रीहरुलाई पदको सपथग्रहण गराएकि हुन ।
प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा मोओवादी केन्द्रबाट दुईजना मन्त्री सरकारमा सहभागि भएका छन् । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर तथा पम्फा भुषाल मन्त्री बनेका छन् ।
माओवादी केन्द्रबाट सरकारमा सहभागि शर्मालाई अर्थ तथा भुषाललाई उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालयको जिम्मवारी दिईएको छ ।
उता नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँड र केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्किलाई मन्त्री बनाएको छ । खाँडले गृह पाउनु भएको छ भने कार्किको भागमा कानून मन्त्रालय परेको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



