
काठमाडौं, ३० असार । सरकार परिवर्तन भएको दिन मंगलबार हरियाली छाएको शेयर बजारमा नयाँ सरकारले काम थालनि गरेको दिनमै बुधबार शेयर बजारकाे ओरालो र उकालोको यात्रा मा परिवर्तन भईरह्यो । बजार बन्द हुँदाकाे समयमा भने नेप्से सकारात्मक लयमा देखिए पनि सेन्सेटिभ इण्डेक्समा सामान्य सुधार भयाे ।
नयाँ प्रधानमन्त्री शेर बहादुर देउवाको सरकार आएसंगै नेप्सेमा छाएको हरियालीले औपचारिक तथा अनापैचारिक रुपमा शेयर बजारले स्वागत गरेका कुराहरु आईरहँदा आजका सूचकहरु केहि घटेका र कारोबारमा खासै प्रगति हुन सकेन ।
नेप्से परिसूचक समान्य ढंगले बढेको छ । नेप्से १.०१ अंकले बढेर २८७२.७५ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ विन्दुमा पुगेको छ ।
२१४ कम्पनीको शेयर कारोबार भएको छ । ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहरुमध्ये बैंकिङ, व्यापार, विकास बैंक, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहमा रातो लागेको छ । उनिहरुको शेयर घटेको छ ।
यस्तै होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको छ ।









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



