नेपाल, प्रचण्ड र चन्दबीच भेटवार्ता

-



     सफल आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित



काठमाडौ, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

नेता नेपालको निवास कोटेश्वरमा ३ नेताबीच भेटवार्ता भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले तीन नेताको भेटको तस्वीर सार्वजनिक गरेका छन् । भेटमा नेकपा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी छन् ।

विप्लवले यसअघि बुधवार खुमलटार पुगेर नेकपा प्रचण्डसँग छुट्टै भेटवार्ता गरेका थिए । भेटमा उनले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग गरेको सम्झौता वर्तमान सरकारले कार्यान्वयन गर्छ कि गर्दैन भनेर जिज्ञासा राखेका थिए ।

उनीहरुको भेटलाई पछिल्लो राजनीतिक वृत्तमा नयाँ ढंगले हेरिएको छ ।