मेयर जिसीको शल्यक्रिया सफल

-



     सफल आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित



पोखरा, २ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ ।

शुक्रबार बिहान एक्कासी बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै हेलिकोप्टरबाट काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो । उनलाई मस्तिष्कघात भएको चिकित्सकले पुष्टि गरेका थिए ।

त्यहाँ शनिबार बिहान हेमिक्रानिक्टोमी शल्यक्रिया २ घण्टा लगाएर सफल भएको जनाइएको छ । उपेन्द्र देवकोटा मेमोरियलअन्तर्गत संचालित न्यूरोड अस्पतालको न्यूरो सर्जनहरुको टिमले उनको शल्यक्रिया गरेको हो ।

हाल मेयरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन्।